PahiloPost

Sep 20, 2024 | ४ असोज २०८१

पार्की दाजुभाइले जिते स्वर्ण



पहिलोपोस्ट

पार्की दाजुभाइले जिते स्वर्ण

पोखरा : नवौं राष्ट्रिय खेलकुदमा आज सम्पन्न एथ्लेटिक्सतर्फको खेलमा पार्की दाजुभाइले स्वर्ण पदक जितेका छन्।

एपीएफका लागि ५ हजार मिटर दौडमा गोपीचन्द्र पार्कीले स्वर्ण पदक जितेका हुन्। उनले १४ मिनेट २९.६७ सेकेन्डमा निर्धारित दुरी पार गरेका हुन्।

कर्णालीका दुर्गाबहादुर बुढाले रजत पदक जिते। बुढाले १४ मिनेट २९.९३ सेकेन्डमा निर्धारित दुरी पार गरेका थिए। १४ मिनेट ३६.६० सेकेन्डमा आर्मीका मुकेश पालले दौड पुरा गर्दै कास्य पदक जिते।

यस्तै, २ सय मिटर दौड पुरुषतर्फ एपीएफकै गोपीका भाइ शिवराज पार्कीले स्वर्ण पदक हात पारे। उनले निर्धारित दुरी २१.९१ सेकेन्डमा निर्धारित दुरी पार गरेका थिए।

दोस्रो स्थानमा पनि एपीएफकै आशिष चौधरी रहे। उनले २२.०५ सेकेन्डमा निर्धारित दुरी पार गर्दै रजत पदक जिते। तेस्रो स्थानमा रहेका आर्मीका युवराज विकले २२.५० सेकेन्डमा दुरी पार गरे।

जारी राष्ट्रिय खेलकुदमा शिवराजको यो दोस्रो स्वर्ण पदक हो। यसअघि १०० मिटर दौडमा उनले स्वर्ण हात पारेका थिए।

गोपीले भने १० हजार मिटरमा दौडमा रजतमा चित्त बुझाएका थिए। १३ औं सागका स्वर्ण पदक विजेता उनलाई १० हजार मिटरमा आर्मीका दीपक अधिकारीले पछि पारेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell