PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

टोटेनहामविरुद्धको जितमा ब्रुनो फर्नान्डेज र फ्रेडको गोल



पहिलोपोस्ट

टोटेनहामविरुद्धको जितमा ब्रुनो फर्नान्डेज र फ्रेडको गोल
Photo: Getty Images

प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले टोटेनहाम हट्स्परलाई पराजित गरेको छ। म्यानेजर एरिक टेन ह्यागको अण्डरमा गएराति ओल्ड ट्राफोर्डमा युनाइटेडले उत्कृष्ट प्रदर्शन गरेको थियो।

पहिलो हाफमा हुगो लोरिसका उत्कृष्ट बचाउले युनाइटेडलाई गोल गर्नबाट बञ्चित गर्‍यो। टोटेनहामको पोस्टमा युनाइटेडले १९ शटको वर्षा गर्दा लोरिसले उत्कृष्ट पाँच बचाउ गरे।

हाफ टाइमको दुई मिनेटपछि फ्रेडले अन्ततः ‘डेडलक’ तोडे। बेन डेभिसबाट डिफ्लेक्शन भएको उनको शटले अन्ततः लोरिसलाई बिट गर्‍यो।

त्यस्तै, ६९औँ मिनेटमा ब्रुनो फर्नान्डेजको गोल मार्फत युनाइटेडले २-० को सहज जित निकाल्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell