काठमाडौंः तिहार नजिकिदै गर्दा सुनको मूल्य क्रमिक घट्न थालेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा एक सय रुपैयाँ घटेर प्रतितोला ९३ हजार एक सय रुपैयाँ निर्धारण भएको छ।
बुधबार सुन तोलामा २ सय रुपैयाँ घटेर प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य बिहीबार तोलामा ५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला एघार सय ७० रुपैयाँ कायम छ। बुधबार चाँदी तोलामा ५ रुपैयाँलेनै घटेको थियो।
अन्तराष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस १६३४.२६ डलरमा कारोबार भइहरहेको छ। चाँदी प्रतिऔंस १८.५५ डलर छ।