
काठमाडौंः काठमाडौंको बिष्णुदेबी मन्दिरमा चोरी भएको छ।
चन्द्रागिरी नगरपालिका-१५ नैकापस्थित बिष्णुदेबी मन्दिरमा सोमबार राति चोरी भएको प्रहरीले जानकारी दिएको छ।
करिब ३ किलोको पित्तलको झलरी भएको हो। त्यस्तै भक्तपुरको मध्यपुरठिमी नगरपालिका-९ निलबराही मन्दीरबाट ढुँगाले बनेको बुद्ध भगवानको मुर्ती बुधबार दिउँसो चोरी भएको छ ।
चोरी गर्ने मानिसको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।