PahiloPost

Apr 27, 2025 | १४ बैशाख २०८२

प्याराग्लाइडिङको अभ्यास म्याच नै आधिकारिक, निसिमको सम्मानमा अर्धकदको सालिक बनाइने



पहिलोपोस्ट

प्याराग्लाइडिङको अभ्यास म्याच नै आधिकारिक, निसिमको सम्मानमा अर्धकदको सालिक बनाइने
फोटो : गण्डकी एनएसजेएफ

पोखरा : नवौं राष्ट्रिय खेलकुदका दौरानमा दुर्घटना हुँदा एक खेलाडीको मृत्यु भएपछि स्थगित भएको प्याराग्लाइडिङ प्रतियोगिताको पदक छिनोफानो भएको छ। नेपाल प्याराग्लाइडिङ तथा ह्यांग्लाइडिङ संघका महासचिव शैलेन्द्र रावतका अनुसार असोज २८ गते गरिएको अभ्यास नतिजालाई नै आधिकारिक नतिजा मानेर पुरस्कार वितरण गरिएको हो।

क्रसकन्ट्री, टिम क्रसकन्ट्री र अक्युरेसी विधामा भएका खेलमा टिम र एकलतर्फ गण्डकी र विभागीय टिम नेपाली आर्मीले समान ३, ३ स्वर्ण जितेका छन्। जसअनुसार क्रस कन्ट्रीमा गण्डकीको टिमले स्वर्ण पदक जितेको छ। खेलाडी विजय गौतम, सुशिल गुरुङ, शेरबहादुर गुरुङ र युकेश गुरुङ सम्मिलित गण्डकीको टिमले कुल २७५० अंकसहित स्वर्ण पदक हात पारेको छ।
विभागीय टिम आर्मीले क्रस कन्ट्रीमा रजत पदक जितेको छ। कुल २५५५.९ अंकसहित आर्मीले रजत पदक जितेको हो। टिममा सुरज थापा, विजय दाहाल, निसिम थापा र विशाल जलारी सहभागी थिए। सोही टिमका निसिम थापाको दुर्घटनाकै कारण असोज ३० गते मृत्यु भएको थियो।
त्यस्तै, वाग्मती प्रदेश क्रसकन्ट्रीमा काँस्य पदक हात पारेको छ। काँस्य जितेको वाग्मती प्रदेशको टिममा कृष्णबहादुर सुनुवार, मोहनकुमार सुनुवार, विशाल लामा र भवन आचार्य सहभागी थिए। उनीहरुले कुल २१४८.३ अंक प्राप्त गरेको संघले जनाएको छ।
पोखरा रंगशालामा निसिमको अर्धकदको शालिक राखिने
नवौं राष्ट्रिय खेलकुदका दौरान प्रतिस्पर्धाकै क्रममा ग्लाइडर दुर्घटनामा परेर निधन भएका प्याराग्लाइडिङ खेलाडी निसिम थापाको स्मृतिमा पोखरा रंगशालामा अर्धकदको सालिक स्थापना गरिने भएको छ।

बुधबार साँझ बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को ११५औं बोर्ड बैठकले खेलका दौरान ज्यान गुमाउने खेलाडीको सम्मानस्वरुप सालिक स्थापना गर्ने निर्णय गरेको राखेप सदस्यसचिव टंकलाल घिसिङले जानकारी दिए।

बिमाको रकमबाहेक मन्त्रिपरिषद्बाट थप सहायताको लागि युवा तथा खेलकुद मन्त्रालयले प्रस्ताव लैजाने मन्त्री महेश्वरजंग गहतराजले बताए।
थापा २९ वर्षको उमेरमा पोखरामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका दिवंगत गोल्ड मेडलिष्ट बन्न पुगेका छन्।

थापाका काका भेनिस थापाले निसिमको पदक लिए। नेपाल आर्मीको समूहले ब्यानरमा उनको रंगीन तस्वीरसहित लेख्यो, `वि विल मिस यु ....।´



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell