PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

तिहार विशेष कार्यक्रममा सलोन र आमेशले प्रस्तुती दिने



पहिलोपोस्ट

तिहार विशेष कार्यक्रममा सलोन र आमेशले प्रस्तुती दिने

काठमाडौं: आगामी कात्तिक ६ गते साँझ दरबारमार्गस्थित लिक्विड लन्जमा तिहार विशेष कार्यक्रम आयोजना हुने भएको छ। लिक्विड तिहार हंगामा विथ सलोन एण्ड आमेष लाइभ म्युजिक नाम दिइएको कार्यक्रममा अभिनेता सलोन बस्नेत र आमेश भण्डारीको प्रस्तुती रहनेछ।

बिहिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनबिच तिहार विशेष कार्यक्रम गर्न लागिएको जानकारी दिइएको हो। उक्त कार्यक्रममा सलोनकासाथै एफटी लिक्विड ब्याण्डले पनि आफ्नो प्रस्तुती दिनेछ।

पत्रकार सम्मेलनमा निर्देशक शेभित बस्नेतका साथमा सलोन, आमेष र ब्याण्डका सदस्य उपस्थित थिए।  सलोन र आमेशले तिहार हंगामामा आफुहरुलाई धेरै भन्दा धेरै दर्शकका साथ मिल्ने विश्वास व्यक्त गरेका छन्।

कार्यक्रम आयोजक संजीव लामाले पनि राती ९ बजेबाट आयोजना हुने कार्यक्रम निकै रमाइलो र भव्य हुने विश्वास व्यक्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell