PahiloPost

Jun 18, 2025 | ४ असार २०८२

नेतालाई गाउँ पस्न चटारो, किसानलाई धान भित्र्याउन

नेतालाई गाउँ पस्न चटारो, किसानलाई धान भित्र्याउन

पहिलोपोस्ट /पहिलोपोस्ट


देश निर्वाचनमय भएको छ। मंसिर ४ गतेका लागि तोकिएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेताहरु आफ्नो पक्षमा माहोल बनाउने घरघर पस्न थालेका छन्।  

तर किसानलाई भने धान भित्र्याउने चटारो लागेको छ। धान काट्न कतिपय स्थानमा पावरटिलर पुगेको भने कति स्थानमा छाँट्ने थ्रेसर। पहाडी क्षेत्रमा भने मजदुर लगाएर वा आलोपालोमै धान काट्ने र भित्र्याउने चलन छ।

पश्चिम चितवनको फुलबारीमा धान काट्दै मधेश प्रदेशको रौतहट र बाराबाट आएका मजदुरहरु।
सप्तरीको रूपनी गाउँपालिकाको नकटीरायपुरको खेतमा धान काटदै गरेको किसान।
पूर्वी नवलपरासीको कावासोती–१५, बाघखोरमा आधुनिक यन्त्रले धान काट्दै किसान।
भेरी नगरपालिका –१ होलुज्यूलामा धान काटेर भित्र्याउने तयारी गर्दै किसान।
चितवनको भरतपुर महानगरपालिका-२८ घोलाघाटका किसान थ्रेसरको प्रयोग गरेर धान छाँट्दै।
गढवा गाउँपालिका– ५ का किसान आधुनिक यन्त्रबाट धान चुट्दै।
शुक्लाफाँटा नगरपालिका ३ जोनापुरका किसान पावरटिलरको सहायताले धान काट्दै।
कैलालीको जानकी गाउँपालिका–८ का किसान धान काट्दै।
जनकपुरको विदेह नगरपालिका–८ बफैं र छिमेकी गाउँ औरही गाउँपालिका–६ चक्कर गाउँलाई जोडने सडकबाट देखिएको लहलहै झुलेको धान खेत।


ट्रेन्डिङ पोस्ट

Ncell