PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

माधव नेपालविरुद्ध कारवाही प्रक्रिया अघि बढाउन प्रहरीलाई निर्वाचन आयोगको पत्र



पहिलोपोस्ट

माधव नेपालविरुद्ध कारवाही प्रक्रिया अघि बढाउन प्रहरीलाई निर्वाचन आयोगको पत्र

काठमाडौं : निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादीका) का अध्यक्ष माधवकुमार नेपाललाई आचारसंहिता उल्लंघन गरेकोमा कारवाहीका लागि सिफारिस गरेको छ। नेपाललाई कारवाही गर्न रौतहट जिल्ला प्रहरी कार्यालयलाई पत्र पठाइएको आयोग स्रोतले जानकारी दियो।

फ्रि भिसा फ्रि टिकटका बारेमा नेपालले दिएको अभिव्यक्ति आचार संहिता उल्लंघनको विषय भएको आयोगको भनाइ छ। नेपाललाई आयोगले स्पष्टीकरण पनि सोधेको आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए। 

आयोगले लेखेको पत्रमा निर्वाचन कसुर ऐन २०७३ लाई आधार मानिएको छ। नेपालको अभिव्यक्तिबारे समाचार प्रकाशन भएको र आयोगकै सामाजिक सञ्जाल अनुगमन टोलीले समेत उक्त सामाग्री भेटाएकाले कारवाही प्रक्रिया अघि बढाइएको उल्लेख छ। 

No description available.

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell