PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

फिल्म 'नाइँ नभन्नु ल ६' को छायाङ्कन सुरु



पहिलोपोस्ट

फिल्म 'नाइँ नभन्नु ल ६' को छायाङ्कन सुरु

काठमाडौं : विकास आचार्य निर्देशित फिल्म ‘नाइँ नभन्नु ल ६’ को छायाङ्कन सुरु भएको छ। काठमाडौंबाट सुरु भएको छायाङ्कनको पहिलो दिन आशिर्वाद क्षेत्री, अथर्व लुइँटेल र एभलिना खड्काको दृश्य खिचियो।

यी तिनै कलाकारहरुको यो डेब्यू फिल्म हो। अथर्व कलाकार सञ्चिता लुइँटेल र निखिल उप्रेतीका छोरा हुन्। त्यसैगरि, एभलिना टिकटकमा चर्चित छिन्। अघिल्ला सिरिजमा देखिएका अनुभव रेग्मीको फिल्ममा केमियो भूमिका रहनेछ।

तिहारअघिको सेड्युलमा बाल कलाकारको सुटिङ सक्ने निर्माण टिमको लक्ष्य रहेको छ। काठमाडौंलगायत झापामा पनि फिल्मको सुटिङ हुनेछ। फिल्ममा आँचल शर्माको प्रमुख भूमिका रहनेछ। आशिर्वाद आँचल शर्माको अपोजिटमा देखिनेछन्।

आख्यान फिल्म्सको ब्यानरमा बन्ने फिल्मको निर्माता सिविन दाहाल र सञ्जय न्यौपाने हुन्। सामीप्यराज तिमिल्सिना र अरुणदेव जोशीले फिल्मको पटकथा लेखेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell