PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

सीमा क्षेत्रमा बसेर नेपाली भूमि जोगाउने सच्चा राष्ट्रवादी : गृहमन्त्री खाण



पहिलोपोस्ट

सीमा क्षेत्रमा बसेर नेपाली भूमि जोगाउने सच्चा राष्ट्रवादी : गृहमन्त्री खाण

बुटवल : गृहमन्त्री बालकृष्ण खाणले सीमा क्षेत्रका बासिन्दाले नै नेपाली भूमिको रक्षा गरेको बताएका छन्। खाणले नेपालको एक इन्च भूमि पनि दायँबायाँ हुन दिनुहुन्न भन्दै सीमा क्षेत्रमा बसेर भूमि जोगाउन लागिपरेका नेपाली दाजुभाईहरु नै राष्ट्र र राष्ट्रियताप्रति सच्चा पहरेदार रहेको बताएका हुन्।

रुपन्देहीको सियारी गाउँपालिका २ मा पाँच दलीय गठबन्धनले आयोजना गरेको कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा क्षेत्र नम्बर ३ का उम्मेदवार खाणले अहिले धेरैले आफूलाई राष्ट्रवादी बनाउने कोसिस गरिरहेको बताए। सबैभन्दा बढी राष्ट्रवादी भनेकै सीमा क्षेत्रमा बस्ने नेपालीहरु भएको दावी गरे। उनले सीमा क्षेत्रका बासिन्दालाई सरकारले सधै उच्च सम्मान गर्दै आएको र गरिरहने बताए।

‘मुलुकको सीमानामा स्थायी बसोबास भएका, आफूहरूको घर, आँगन, जग्गा, कुलो भनेर दिनरात सीमाको रक्षा गर्ने स्थानीय सच्चा राष्ट्रवादी हुन् भन्ने मेरो र सरकारको ठम्याई हो’, खाणले भने। उनले सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीहरुका दुःख, मर्का, पीडा र समस्या समाधान गर्न सरकार लागि परेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell