PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

आयो तिहार : टक्सार महाशाखामा सुन र चाँदीको सिक्का र असर्फी किन्नेको भिड

आयो तिहार : टक्सार महाशाखामा सुन र चाँदीको सिक्का र असर्फी किन्नेको भिड

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : बबरमहलस्थित टक्सार महाशाखामा सिक्का र असर्फी किन्नेको भिड लागेको छ। तिहारका लागि सिक्का र असर्फी किन्नेको भिड लागेको हो। 

यो शनिवार धन त्रयोदशी व्रत अर्थात धनवन्तरी जयन्ती हो। सो दिन धातु, गहना, भाडाकुडा खरिद गर्नुपर्छ भन्ने धार्मिक चलन छ। यस्तै, लक्ष्मी पूजामा पनि नयाँ सिक्का र अर्सफी चढाउने गरिन्छ। त्यसैले महाशाखामा सुन र चाँदीको असर्फी किन्न बिहानै देखि व्यापारी र सर्वसाधरणहरु  लाइनमा बसेका थिए।  

महाशाखाले सुन र चाँदीको सिक्कको सिक्का किन्नका लागि कोटा निर्धारण गरेको छ। टक्सार विभागले गणेश र लक्ष्मीको फोटो अंकित असर्फी तयार गरेको छ।

नेपालमा सिक्का उत्पादन गर्न छाडे पनि टक्सार विभागले दशैं र तिहारको अवसर पारेर असर्फी र चाँदीको सिक्का बनाउने गरेको छ ।



ट्रेन्डिङ पोस्ट

Ncell