PahiloPost

Apr 27, 2025 | १४ बैशाख २०८२

प्रसाद २ : नम्रता आउट भएपछि केकीको इन्ट्री



पहिलोपोस्ट

प्रसाद २ : नम्रता आउट भएपछि केकीको इन्ट्री

काठमाडौं : नम्रता श्रेष्ठ बाहिरिएसँगै फिल्म ‘प्रसाद २’ मा अभिनेत्री केकी अधिकारीको इन्ट्री भएको छ। निर्माण टिमले फिल्ममा मुख्य अभिनेत्रीको लागि केकीसँग सम्झौता गरेको हो।

आफू फिल्ममा काम गर्ने फाइनल भएको केकीले पुष्टि गरिन्। फिल्मको स्क्रिप्ट मन पर्नुका साथै समय मिल्ने भएकाले आफू काम गर्न तयार भएको उनको भनाई छ। 'स्क्रिप्ट मन पर्‍यो, समय पनि मिल्ने भयो,' केकीले भनिन्।

यो फिल्म दिनेश राउत निर्देशित चर्चित फिल्म ‘प्रसाद’को सिक्वेल हो। सुदर्शन थापा निर्देशित यस फिल्ममा अब विपिन र केकीका साथै अर्पण थापा र राज कटुवालको अभिनय रहनेछ।

केहीअघि फिल्मको छायाङ्कनको लागि फिल्मटिम बागलुङको भकुण्डे र कास्कीको ल्वाङ गाउँ पुगेको थियो। तर, छायाङ्कन सुरु हुनुअघि पारिश्रमिकको विषयमा विपिन कार्की र निर्माताबिच विवाद भएको थियो। सोही विवादका कारण सुटिङ रोकिन पुग्यो। विवाद टुंगिएपछि विपिन काम गर्न तयार भएपनि नम्रताले भने आफू व्यस्त भन्दै फिल्मबाट हात झिकिन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell