PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

कमेडियन अपूर्व क्षीतिजलाई साढे दुई लाख धरौटीमा छाड्न आदेश



पहिलोपोस्ट

कमेडियन अपूर्व क्षीतिजलाई साढे दुई लाख धरौटीमा छाड्न आदेश

काठमाडौं : काठमाडौं जिल्ला अदालतले कमेडियन अपूर्व क्षितिज सिंहलाई धरौटीमा छाड्न आदेश दिएको छ। न्यायाधीश माधवप्रसाद मैनालीको एकल इजलासले बिहीबारको थुनछेक बहसपछि अपूर्वलाई धरौटीमा छाड्न आदेश दिएको हो।

सिंहलाई साढे दुई लाख धरौटीमा छाड्न आदेश दिएको अदालतले जनाएको छ।  

युट्युबमा स्ट्यान्ड अप कमेडीमार्फत चर्चामा आएका उनले नेवारी समुदायमाथि अपहेलना गर्ने प्रस्तुति दिएको भन्दै उनीविरुद्ध उजुरी परेको थियो।

उनको कमेडीको आलोचना भएपछि फेसबुकमार्फत आफूले जातीय रुपमा गलत प्रस्तुती दिएको स्वीकार गर्दै माफी मागेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell