PahiloPost

Apr 27, 2025 | १४ बैशाख २०८२

बेलायतको प्रधानमन्त्री भएको ४५ दिनमै लिज ट्रसले दिइन् राजीनामा



पहिलोपोस्ट

बेलायतको प्रधानमन्त्री भएको ४५ दिनमै लिज ट्रसले दिइन् राजीनामा

बेलायतकी प्रधानमन्त्री लिज ट्रसले राजीनामा दिएकी छिन्। पार्टीभित्र आन्तरिक किचलो बढे पछि उनले राजीनामा दिएकी हुन।

बजेटमा अघि सारेको आर्थिक सुधार काे नियम उनले उल्टाएकी थिइन्। आफूले गल्ती गरेको भन्दै उनले केही दिनअघि माफी पनि मागेकी थिइन्।  तर, टोरी सांसदहरुले विद्रोह गरे पछि उनी राजीनामा दिन बाध्य भएकी हुन्। 

बोरिस जोन्सन ले राजीनामा दिएपछि ट्रस ४५ दिनअघि मात्रै उनी बेलायतको प्रधानमन्त्री बनेकी थिइन। 
यससँगै ट्रस बेलायती इतिहास मा सबै भन्दा कम समय प्रधानमन्त्री बनेकी छिन्।

अर्को हप्ता कन्सरभेटिव पार्टी ले नयाँ नेता छान्ने र उनै नै बेलायत काे नयाँ प्रधानमन्त्री बन्ने छन्। 

ट्रसकाे राजीनामा सँगै टोरी लिडर बन्न नेताहरु बीच छलफल सुर भएको छ।

आफूलाई पार्टीले टोरी नेताका रूपमा चुनेर पठाएको तर उनीहरूले छानेर  दिएको म्याण्डेट पूरा गर्न नसकेको ले आफूले राजीनामा दिएको उनले बताएकी छिन्। ट्रसले आर्थिक संकट लाई नियन्त्रण गर्न सफल नभएको भन्दै टोरी सांसद र नेता हरुले आलोचन गरेका थिए ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell