PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

किन आयो त्रिवेणी स्पिनिङमा गोली चलाउने अवस्था? प्रहरी-मजदुर झडपमा डेढ दर्जन घाइते



राधेश्याम पटेल

किन आयो त्रिवेणी स्पिनिङमा गोली चलाउने अवस्था? प्रहरी-मजदुर झडपमा डेढ दर्जन घाइते

वीरगंज : वीरगंज-पथलैया औद्योगिक करिडोरको छातापिपतरमा रहेको त्रिवेणी समूह अन्तर्गतको त्रिवेणी स्पिनिङ प्रालिमा बिहीवार दिउँसो २ बजे झडप भयो। प्रहरी र मजदुरबिच भएको झडपमा परी १५ जना मजदुर र ७ जना प्रहरी घाइते भए।

झडप भएपछि प्रहरीले अवस्था साम्य पार्न ३४ राउन्ड अश्रुग्याँस र शटगनबाट एक थान हवाई फायर गर्नू परेको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए।

घाइतेहरुको अवस्था समान्य भए तापनि सो उद्योगको अवस्था तनावपूर्ण बन्यो। जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ९ स्थित सो उद्योगमा बोनस विवादको कारण बुधवारदेखि नै मजदुरहरु आन्दोलनमा थिए।

हरेक वर्ष दीपावलीमा उद्योगले दिने १२ महिनाको बोनस यसपाली नदिएको कारण मजदुरहरु आन्दोलनमा उत्रेको बताइएको छ। बोनससम्बन्धी मागलाई लिएर बढेको विवादमा मजदुरहरुले उद्योगका सीइओ अशोक शर्मा, जेनेरल म्यानेजर मनोज कुमार दासलगायत ५ जना व्यवस्थपन पक्षका अधिकारीलाई मजदुर नेताहरुले उद्योग परिसरभित्रै बन्धक बनाएर राखेको सूचना आएको र सोही क्रममा उद्धार गर्न जाँदा मजदुरहरुले विवाद खडा गर्दा झडप भएको ईलाका प्रहरी कार्यालय सिमराका डीएसपी यूवराज तिमिल्सिनाले जानकारी दिए।

तर, उद्योगमा काम गर्ने मजदुरहरुले उद्योग व्यवस्थापन पक्षको उक्साहटमा आएर प्रहरीले बल प्रयोग गरेको आरोप लगाएका छन्। मधेशी श्रमिक फोरम नेपाल उद्योग इकाइका सचिव विश्वनाथ महतोले आफूहरुले व्यवस्थापनका अधिकारीहरुलाई बन्धक नबनाएको र वार्ताको लागि उनीहरु बुधवारदेखि उद्योगमा बसिरहेको बताए।

प्रहरीले अवस्था साम्य पार्न अश्रुग्याससहित बल प्रयोग गर्नु परेको बताएको छ। यो उद्योगका सञ्चालक रामचन्द्र संघई हुन्। नेपालकै एक प्रतिष्ठित औद्योगिक घाराना अन्तर्गतको यो उद्योगमा हरेक वर्ष दशैँ तथा दीपावलीमा बोनसको विषयमा विवाद हुने गरेको छ।

उद्योगमा एक हजार नेपाली कामदार र ५ सय भारतीय कामदार गरी कुल १५ सय मजदुर कार्यरत रहेका छन्। १२ महिनाको बोनस अर्थात एक जना मदजुरलाई वर्षमा उद्योगले ३५ देखि ४० हजारसम्म उपलब्ध गराउँदै आएको छ।

उद्योगले उत्पादन गरेको धागो इन्डोनेसिया निर्यात हुने गरेको छ। उद्योगका सञ्चालक रामचन्द्र संघई नेपाल उद्योग वाणिज्य महासंघका एशोसियएटतर्फ उपाध्यक्ष हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell