PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

बेलायतकी प्रधानमन्त्री लिज ट्रसले राजीनामा दिएसँगै बढ्यो पाउन्डको भाउ



पहिलोपोस्ट

बेलायतकी प्रधानमन्त्री लिज ट्रसले राजीनामा दिएसँगै बढ्यो पाउन्डको भाउ
Photo: GETTY IMAGES

बेलायतकी प्रधानमन्त्री लिज ट्रसले राजीनामा दिएसँगै डलरको तुलनामा पाउन्ड स्टर्लिङको भाउ बढेको छ। त्यस्तै, सरकारी ऋण लागत पनि घटेको बीबीसीले उल्लेख गरेको छ।

ट्रसले राजीनामा घोषणा गरेपछि पाउन्ड एकको १.१३ डलर पुगेको थियो। धेरै अनिश्चितता बाँकी रहे पनि लगानीकर्ताहरू राजीनामाको समाचारबाट खुसी देखिएको एक विश्लेषकले बताए। नयाँ प्रधानमन्त्रीले विश्वास पुनर्स्थापित गर्न छिटो कदम चाल्नुपर्ने व्यवसायी समूहहरूले बताएका छन्।

पाउन्डको मूल्यमा गिरावट आउँदा विदेशबाट बेलायतमा आयात गरिएका सामान र सेवाहरूको मूल्य बढ्छ। पाउन्ड डलर वा यूरोको तुलनामा कमजोर हुँदा बेलायतका कम्पनीहरूलाई खाना, कच्चा पदार्थ वा विदेशी पार्टपुर्जालगायत सामान किन्नको लागि बढी लागत लाग्छ।

गत महिना डलरको तुलनामा पाउन्ड हालसम्मकै न्यून भएको बेला सरकारी ऋण लागत तीव्र रूपमा बढेको थियो। तर, बैंक अफ इङ्गल्याण्डले आपतकालीन सहयोग कार्यक्रम घोषणा गर्नुका साथै जेरेमी हन्ट चान्सलर भएर लगभग सबै मिनी-बजेटका नीतिहरू उल्टाएपछि यी लागतहरू घटेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell