PahiloPost

Apr 27, 2025 | १४ बैशाख २०८२

आयल निगममा जागिरको अवसर : निर्देशकदेखि अपरेटर तहसम्मका १ सय २८ जना कर्मचारी माग



पहिलोपोस्ट

आयल निगममा जागिरको अवसर : निर्देशकदेखि अपरेटर तहसम्मका १ सय २८ जना कर्मचारी माग

काठमाडौं : नेपाल आयल निगमले विभिन्न पदका लागि १ सय २८ जना कर्मचारी माग गरेको छ। लोक सेवा आयोगबाट लिइने खुला प्रतियोगितात्मक लिखित परीक्षामार्फत् नियुक्त हुनेगरी कर्मचारी माग गरेको हो।

निगमले रिक्त रहेका विभिन्न खुला प्रतियोगिताद्वारा छनोट गरी स्थायी पूर्ति गर्नका लागि इच्छुक योग्य नेपाली नागरिकहरूले अनलाइन फाराम भर्न सक्ने जनाएको छ।

योग्यता पुग्ने इच्छुकले सूचना प्रकाशित भएको २१ दिनभित्र र दोब्बर दस्तुर तिरी म्याद सकिएको ७ दिनभित्र दरखास्त फाराम पेस गर्नसक्ने जनाइएको छ। निगमले ११ तहदेखि अरु सबै तहमा १ सय २८ जना कर्मचारीको माग गरेको छ।

जसमा चौथो र पाँचौँको हकमा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने उल्लेख गरेको छ। त्यस्तै, छैटौं तहदेखि माथिका पदको लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने जनाएको छ। साथै, महिला एवं अपांगता भएकाको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell