5.jpg)
काठमाडौं : आज शुक्रवार नेपाली सिनेमाहलमा दुई नेपाली र एक विदेशी फिल्महरु प्रदर्शन भएका छन्। नेपाली फिल्मतर्फ ‘के घर के डेरा’, ‘नालापानी’ र हलिउड फिल्म ‘ब्ल्याक एडम’ रिलिज भएका हुन्।
कमेडी तथा सोसल जनरामा बनेको फिल्म ‘के घर के डेरा’ ले काठमाडौंमा घर हुने र डेरामा बस्नेको कथालाई समेटेको छ। दीपेन्द्र के खनाल निर्देशित फिल्मको कथा यस फिल्मको कथा सिंगे लामाले लेखेका हुन्।
फिल्ममा दयाहाङ राई, सुरक्षा पन्त, विपिन कार्की, वर्षा राउतका साथै रविन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने लगायतका कलाकारको अभिनय रहेको छ।
त्यसैगरि, रिमेश अधिकारी निर्देशित ऐतिहासिक कथावस्तुमा बनेको फिल्म ‘नालापानी’ पनि आजैबाट रिलिज भएको छ। यो फिल्म सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंमा आधारित छ।
रिमेश अधिकारी र कृष्ण आचार्यको अनुसन्धान र लेखन रहेको फिल्ममा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी लगायतका कलाकारहरूको अभिनय रहेको छ।
हलिउड फिल्म ‘ब्ल्याक एडम’ सुपरहिरो फिल्म हो जुन डीसी कमिक्सको कथावस्तुमा आधारित छ। फिल्ममा ड्वेन जोन्सन, भियोला डेविस, पियर्स ब्रोसनन, एल्डिस होज मुख्य भूमिकामा छन्। यसै फिल्ममार्फत ड्वेन जोन्सन पहिलोपटक सुपरहिरो चरित्रमा देखिँदैछन्।