PahiloPost

Apr 27, 2025 | १४ बैशाख २०८२

कास्कीको ल्वाङ गाउँमा देखाइयो ‘२ नम्बरी’



पहिलोपोस्ट

कास्कीको ल्वाङ गाउँमा देखाइयो ‘२ नम्बरी’

काठमाडौं : असोज २१ गतेबाट रिलिज भएको फिल्म ‘२ नम्बरी’ तेस्रो सातामा चलिरहेको छ। फिल्मले राम्रो सफलता हात पारेसँगै ल्वाङ गाउँमा पनि फिल्म देखाइएको छ।

यो फिल्मको छायाङ्कन कास्कीको ल्वाङ गाउँमा खिचिएको हो। तर, हल नभएका कारण स्थानीय बासिन्दाले यो फिल्म हेर्न पाएका थिएनन्।

फिल्म प्रदर्शनीका लागि फिल्मको निर्माता किरण नेपाली र निर्देशक दीपेन्द्र लामा ल्वाङ गाउँ पुगेका थिए। ल्वाङ गाउँमा २ सय भन्दा बढी स्थानीयको उपस्थितिमा प्रोजेक्टरबाट फिल्म देखाइएको हो।

फिल्मको पर्दामा आफ्नै गाउँका दृश्यहरु हेर्न पाउँदा स्थानीयले उत्साह व्यक्त गरेको निर्माता नेपालीले बताए।

भने, ‘फिल्म हिट भएपछि हामी यहाँका स्थानीय बासिन्दालाई धन्यवाद दिन र फिल्म देखाउन आएका हौं। स्थानीयको ठूलो सहयोगका कारण फिल्मको छायांकन गर्न सहज भएको थियो।’

दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, उगेन छोदेन, बुद्धि तामाङ लगायतको अभिनय रहेको यस फिल्मले २ सातामा ६ करोड बढी ग्रस कलेक्शन गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell