PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

ओलीले न्यायालयमाथि हस्तक्षेप गर्दा ईश्वर पोखरेल टुलुटुलु हेरेर बसेको पौडेलको आरोप



पहिलोपोस्ट

ओलीले न्यायालयमाथि हस्तक्षेप गर्दा ईश्वर पोखरेल टुलुटुलु हेरेर बसेको पौडेलको आरोप
फइल फोटो

काठमाडौं : कांग्रेस नेता प्रदीप पौडेलले केपी शर्मा ओली नेतृत्वको सरकारले न्यायालयमाथि हस्तक्षेप गरेको आरोप लगाएका छन्।

शुक्रवार काठमाडौं क्षेत्र नं ३ र ५ अन्तर्गत पर्ने बुढनिलकण्ठ नगरपालिका वडा नं ५ इकाइले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले उक्त आरोप लगाएका हुन्।

ओली सरकारका पालामा सबैभन्दा बढी न्यायालयमाथि हस्तक्षेप भएको बताउँदै त्यसो हुँदा पनि सरकारमा सामेल भएकाहरुले त्यसको प्रतिरोध गर्न नसकेको टिप्पणी गरे।

 काठमाडौंको क्षेत्र नं ५ बाट नेता पौडेलसँग प्रतिष्पर्धामा रहेका एमालेका ईश्वर पोखरेल सरकारमै सामेल भए पनि न्यायालयमाथि हस्तक्षेप हुँदा त्यसो प्रतिरोध गर्न नसकेको आरोप लगाए।

‘न्यायालय माथिको नांगो हस्तक्षेप छ, केपी शर्मा ओली दुई तिहाइको सरकार बनाउनुभयो। उहाँहरु ईश्वर पोखरेलहरु सरकारको नेतृत्व गर्नुभयो। उहाँहरुले नै दुई तिहाइको शक्ति प्रयोग गरेर अदालतमाथि पनि हस्तक्षेप गर्नु भयो,’ उनले भने, ‘त्यसैले न्यायालयको निष्पक्षताको निमित्त पनि हामीले कामहरु गर्नेछौँ।’

त्यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई राजनीतिक छायाबाट मुक्त राख्नुपर्ने बताएका छन्। नेता पौडेलले भ्र्रष्टाचार नियन्त्रण गर्ने संस्थालाई राजनीतिको दाउपेचबाट माथि राख्नुपर्नेमा जोड दिए।

कार्यकारी भूमिकामा रहेका व्यक्तिहरुको निगरानी अख्तियारले गर्न नपाएको बताउँदै उनले भने, ‘कार्यकारी भूमिकामा रहेका मानिसहरुको काममा निगरानी गर्न नपाउने हो भने अख्तियारको के काम? कसरी भ्रष्ट्राचार रोकिन्छ।’

त्यसैगरी स्वतन्त्र र निष्पक्ष व्यक्तिले नेतृत्व गरेमा मात्रै अख्तियारले उचित ढंगले काम गर्न सक्ने बताए।

‘स्वतन्त्र र निष्पक्ष मान्छेहरुले नेतृत्व गरे भनेमा मात्रै अख्तियारले राम्रोसँग अनुसन्धान गर्न सक्दछन्,’ उनले भने, ‘त्यसैले अख्तियार दुरुपयोग अनुसन्धान आयोग राजनीतिको छायाँबाट मुक्त हुनुपर्दछ।’

त्यस्तै आफूहरुले न्यायालयको सुधार, अख्तियारको निष्पक्षता, भ्रष्ट्राचार नियन्त्रण र ब्रेनड्रेनको समस्या नियन्त्रणका लागि मुख्य काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell