PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

बुटवलमा प्रधानमन्त्री देउवा, 'बुद्धभूमिमा उभिएर भन्छु गठबन्धन बलियो छ, शंका नगर्नुस्'



पहिलोपोस्ट

बुटवलमा प्रधानमन्त्री देउवा, 'बुद्धभूमिमा उभिएर भन्छु गठबन्धन बलियो छ, शंका नगर्नुस्'

बुटवल : प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलिय गठबन्धनमा शंका नगर्न नेता कार्यक्रताहरुलाई आग्रह गरेका छन्। गठबन्धन दलले शुक्रबार बुटवलमा आयोजना गरेको प्रदेशस्तरीय संयुक्त प्रशिक्षण कार्यक्रममा बोल्दै  नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले अहिलेको गठबन्धन संविधान रक्षाका लागि भएको बताएका हुन्।

अझै केही वर्ष गठबन्धन आवश्यक रहेको र यसलाई बचाउनु पर्ने उनको तर्क थियो। गठबन्धन दलभित्र एक-अर्कालाई विश्वास दिलाउने गरि काम गर्न उनले आग्रह गरेका छन्।

‘देशविरूद्व षड्यन्त्र गर्नेलाई परास्त गर्न यो गठबन्धन भएको हो, यसलाई परास्त गर्न अझै गठबन्धन जरूरी छ’, देउवाले भने।

गठबन्धन भएकाले पार्टीमा सबैले टिकट पाउन नसकेको बाध्यता बुझिदिन पनि नेता कार्यकर्तालाई उनको आग्रह थियो।

‘गठबन्धनविरूद्व राजावादी जुटेका छन्, अझै उनीहरू राजावादी रे, हामी यो व्यवस्थाका लागि लड्ने अहिले उनीहरूले हामीलाई आरोप लाउने’ उनले भने।

प्रधानमन्त्री देउवाले निर्वाचन पनि गठबन्धनले जित्ने र सरकार पनि गठबन्धनको बन्ने दाबी गरे। 

‘बुद्धभूमिमा उभिएर मैले भने यो गठबन्धन बलियो छ, ढुक्कसँग जिताउन लाग्नुहोस्,’ उनले भने।

देउवााले अहिले कुनै पार्टीको बहुमत आउन नसक्ने भएको जिकिर गर्दै पार्टीहरू मिल्नुपरेको बताए। फरक राजनीतिक दर्शन बोकेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र आफूबिच सहमति भइसकेका कारण कार्यकर्ताहरु पनि झनै मिलन हुनुपर्ने उनको भनाइ थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell