PahiloPost

Apr 27, 2025 | १४ बैशाख २०८२

राजु गुरुङको उम्मेदवारी सर्वोच्चद्वारा खारेज



पहिलोपोस्ट

राजु गुरुङको उम्मेदवारी सर्वोच्चद्वारा खारेज

बुटवल : रुपन्देही क्षेत्र नम्बर २ का सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गर्दै सर्वोच्च अदालतले यसअघिको अल्पकालीन अन्तरिम आदेश निरन्तरता दिन अस्वीकार गरेको छ।

न्यायाधीश ईश्वर खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले यसअघिको अन्तरकालीन अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु नपर्ने आदेश गरेको हो।

आयोगले बैंकिङ कसूरमा सजाय पाएका र अदालतमा मुद्दा खेपिरहेका नेकपा एसका उम्मेदवार गुरुङको उम्मेदवारी निर्वाचन ऐन २०७४ बमोजिम खारेज गरेको थियो। त्यसविरुद्ध गुरुङले दायर गरेको रिटको प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासले सो निर्णय कार्यन्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो।

अदालतले कानूनद्धारा तोकिएको कालोसूचीमा नाम समावेश रहेको सम्बन्धी अयोग्यता राजु गुरुङमा कायम रहेको देखिएकाले उम्मेदवार हुन नपाउने ठहर गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell