PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

पाँच हजार घुस लिएका मालपोतका कर्मचारी अख्तियारको फन्दामा, साथबाट ३ लाख १० हजार बरामद



पहिलोपोस्ट

पाँच हजार घुस लिएका मालपोतका कर्मचारी अख्तियारको फन्दामा, साथबाट ३ लाख १० हजार बरामद

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच हजार रुपैयाँ घुस लिएको आरोपमा काठमाडौं डिल्लीबजारस्थित मालपोत कार्यालयका कर्मचारीलाई नियन्त्रणमा लिएको छ। शुक्रवार साँझ मालपोत कार्यालय, डिल्लीबजार, काठमाडौंमा कार्यरत कार्यालय सहयोगी (पाँचौ तह)का होमनाथ खतिवडालाई अख्तियारले नियन्त्रणमा लिएको हो।

मोही लगत कट्टा गर्न सेवाग्राहीसँग पाँच हजार रुपैयाँ लिएको उजुरी परेपछि आयोगको कार्यालय टंगालबाट खटेको टोलीले उनलाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। घुस वापतको रकम लिइसकेको अवस्थामा उक्त रकमसहित कार्यालय परिसरबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता भण्डारीले जनाए। खतिवडाको साथबाट ३ लाख १० हजार रुपैयाँसमेत बरामद गरिएको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell