PahiloPost

Apr 27, 2025 | १४ बैशाख २०८२

बाँध्ने बेला हात्तीको आक्रमण, निकुञ्जका कर्मचारीको मृत्यु



पहिलोपोस्ट

बाँध्ने बेला हात्तीको आक्रमण, निकुञ्जका कर्मचारीको मृत्यु

वीरगंज : पर्सा राष्ट्रिय निकुञ्जको हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। हात्तीको आक्रमणमा परी जितपुरसिमरा उप–महानगरपालिका–५ डुमरवाना बस्ने वर्ष ३१ का रमेश महराको मृत्यु भएको प्रहरीले जनायो।

हात्तीको आक्रमणमा परेर गम्भीर घाइते भएका महराको अपरान्ह साढे ४ बजे उपचारको क्रममा वीरगंज, गण्डकमा रहेको बयोधा अस्पतालमा मृत्यु भएको पर्साका प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी गराए। महरा हाल पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय अन्तर्गत रामभौरीभठ्ठा सेन्टर गडुवालाइन पोष्टमा करारमा कार्यरत थिए।

निकुञ्जकै कामिनीकली नामक हात्तीलाई चराएर शुक्रबार दिउँसो सवा ३ बजेतिर ठोरी गाउँपालिका सुवर्णपुरस्थित हात्तीसारमा बाँध्ने क्रममा हात्तीले आक्रोशित बन्दै महरालाई आक्रमण गरेको थियो। हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका उनलाई तत्कालै प्रहरी चौकी सुवर्णपुरका सुरक्षाकर्मीहरुले  उद्धार गरी अस्पताल पुर्‍याएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell