PahiloPost

Dec 16, 2024 | १ पुष २०८१

पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव : हल्का वर्षाको सम्भावना



रासस

पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव : हल्का वर्षाको सम्भावना

काठमाडौं : हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। उक्त मौसमी प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका मौसमविद् मञ्जु बासीले देशभर सामान्य बदली र पश्चिमी क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइन्। देशका अन्य भेगमा भने केही दिन मौसम सफा रहनेछ।

दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell