PahiloPost

Jun 18, 2025 | ४ असार २०८२

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई गठबन्धनका बागीको समर्थन, निष्क्रिय पारे उम्मेदवारी



पहिलोपोस्ट

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई गठबन्धनका बागीको समर्थन, निष्क्रिय पारे उम्मेदवारी

काठमाडौं : भोजपुरको प्रदेश क मा नेपाली कांग्रेसबाट स्वतन्त्र उम्मेदवारी दिएका उत्तमकुमार चापागाईंले आफ्नो उम्मेदवारी निष्क्रिय पारेका छन्। यस प्रदेशसभा सिटमा गठबन्धनबाट एकीकृत समाजवादीका नेता राजेन्द्र राई उम्मेदवार छन्।

प्रदेश १ का मुख्यमन्त्रीसमेत रहेका राईलाई गठबन्धनले टिकट दिएपछि असन्तुष्ट बनेका चापागाईंले स्वतन्त्र उम्मेदवारी दिएका थिए। चापागाईं नेपाल तरुण दलका निवर्तमान उपाध्यक्ष हुन्।

गठबन्धनको निर्णय नमान्ने नेतालाई कांग्रेसले साधारण सदस्यसमेत नरहने गरि कारवाही गरेको थियो। यद्यपि, उम्मेदवारी निष्क्रिय पार्नेलाई प्रक्रिया पुर्‍याएर कारवाही फिर्ता गर्ने कांग्रेसले निर्णय गरेपछि चापागाईंले उम्मेदवारी फिर्ता लिएका हुन्।

'मैले भोजपुर प्रदेशसभा (क) मा स्वतन्त्र उम्मेदवारी दिएको थिए तर नेपालको लोकतान्त्रिक आन्दोलन, संविधानको कार्यान्वयन र रक्षाका खातिर पार्टीको निर्णय विपरित जानु उपयुक्त देखिएन। त्यसकारण मैले पार्टीको निर्देशन अनुसार भोजपुर जिल्लामा गठबन्धनका उम्मेदवारहरुलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्कृय पारेको जानकारी गराउँछु,' एक विज्ञप्ति जारी गर्दै चापागाईले भनेका छन्।

No description available.



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell