PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

प्रधानमन्त्री र सभामुखबिना सीपीसीको केन्द्रीय कमिटी घोषणा



पहिलोपोस्ट

प्रधानमन्त्री र सभामुखबिना सीपीसीको केन्द्रीय कमिटी घोषणा
Photo:scmp.com

काठमाडौंः चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) ले प्रधानमन्त्री र सभामुख बिनाको केन्द्रीय कमिटी घोषणा गरेको छ। प्रधानमन्त्री ली खछ्याङ तथा पिपल्स कंग्रेसका स्टान्डिङ कमिटी अध्यक्ष ली चान्सु बिनाको २०५ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको हो। उमेर हदका कारण अवकाश दिइएको हो।

प्रधानमन्त्री खछ्याङ, पिपल्स कंग्रेसका अध्यक्ष चान्सु, पिपल्स पोलिटिकल कन्सल्टेटिभ कन्फ्रेन्सका अध्यक्ष वाङ याङ र स्टान्डिङ कमिटिका सदस्य हान झेन यसपटक केन्द्रीय कमिटीमा रहेका छैनन्।

यस्तै १३३ सदस्यीय केन्द्रीय अनुशासन आयोग गठन गरिएको छ। १७१ जना वैकल्पिक केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।

अब २०५ सदस्यीय केन्द्रीय कमिटीले महासचिव, सैन्य आयोग, पोलिटब्यूरो र सात सदस्यीय पोलिटब्यूरो स्टान्डिङ कमिटी निर्वाचित गर्ने छ। २०औँ केन्द्रीय कमिटीको पहिलो प्लेनरी सेसन आइतबारदेखि बेइजिङमा हुनेछ। सो सेसनले सी जिनपिङलाई महासचिव निर्वाचित गर्ने छ। योसँगै सीलाई तेस्रो कार्यकालका लागि राष्ट्रपति बन्ने बाटो खुल्ने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell