PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

दार्चुलामा भएको ट्र्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु, दुई जना घाइते



रासस

दार्चुलामा भएको ट्र्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु, दुई जना घाइते

खलङ्गा : दार्चुलाको शैल्यशिखर नगरपालिका-६ उल्लानीमा ट्र्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्।

सदरमुकाम खलङ्गाबाट गोकुलेश्वरतर्फ गइरहेको सुपप्र ०२०० १ त १४६७ नम्बरको ट्र्याक्टर शनिवार दुर्घटना भएको हो। ट्र्याक्टर सडकबाट करिब एक सय ५० मिटर तल खसेको थियो। ट्र्याक्टरमा चार जना सवार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।

चालक र एक यात्रुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते दुवै जनालाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको छ। मृतकको सनाखत हुन सकेको छैन। घाइतेको समेत पहिचान हुन नसकेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell