PahiloPost

Apr 27, 2025 | १४ बैशाख २०८२

सेभियामाथि शीर्षस्थानको रियल मड्रिडको जित



पहिलोपोस्ट

सेभियामाथि शीर्षस्थानको रियल मड्रिडको जित
Photo: Laliga

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा लिग लिडर रियल मड्रिडले सेभियालाई हराएको छ। घरेलु मैदान सान्टिआगो बेर्नबेउमा सम्पन्न खेलमा मड्रिडले सेभियामाथि ३-१ गोलअन्तरको जित निकालेको हो।

खेलको पाँचौं मिनेटमै लुका मोड्रिचको गोलमा अग्रता बनाएको मड्रिड पहिलो हाफमा एक गोलले अघि रह्यो। दोस्रो हाफमा भने सेभिया खेलमा फर्कियो। खेलको ५४ औं मिनेटमा सेभियाका एरिक लमेलाले गोल फर्काउँदै खेल बराबरीमा ल्याए। तर, ७९ औं मिनेटमा लुकास भाजक्वेज र ८१ औं मिनेटमा फेडेरिको भाल्भर्डेले गोल थप्दा रियलले ३-१ गोलको जित निकाल्न सफल भयो।

जितसँगै रियलले अंकतालिकामा ६ अंकको अग्रता बनाएको छ। रियलले ११ खेलबाट ३१ अंक जोड्दै शीर्ष स्थानमा रहँदा दोस्रो स्थानको बार्सिलोनाले १० खेलबाट २५ अंक जोडेको छ। यो सिजन फितलो प्रदर्शन गरेको सेभिया भने १० अंक जोडेर १४ औं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell