PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

उर्जा पूर्वाधारलक्षित रसियाको हमलाले युक्रेनभर विद्युत आपूर्ति अवरुद्ध



पहिलोपोस्ट

उर्जा पूर्वाधारलक्षित रसियाको हमलाले युक्रेनभर विद्युत आपूर्ति अवरुद्ध
Photo: Valentyn Ogirenko/Reuters

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रसियाले युक्रेनमा ‘ठूलो आक्रमण’ गरेको बताएका छन्। रसियाले ऊर्जासम्बन्धी पूर्वाधारहरु पनि आक्रमण गर्दा युक्रेनका अधिकांश स्थानमा बिजुली अवरुद्ध भएको जेलेन्स्कीले बताए

एक दर्जनभन्दा बढी रसियाली मिसाइलहरूले शनिवार युक्रेनभर रहेका ऊर्जा तथा अन्य पूर्वाधारमा हमला गरेको युक्रेनी वायुसेनाले बताएको छ। हमलाका कारण विभिन्न क्षेत्रमा ‘ब्ल्याकआउट’ भएको बताइएको छ।

देशभरका उर्जा पूर्वाधारहरूमा रसियाले हवाई आक्रमण गर्दा युक्रेनका १० लाख भन्दा बढी घरहरु बिजुलीविहीन भएको युक्रेनी राष्ट्रपति कार्यालयका उपप्रमुख किरिलो टिमोसेन्कोले शनिवार भनेका छन्।

युक्रेनको पश्चिममा रहेका उर्जा पूर्वाधारलाई लक्षित गरी पछिल्ला हमलाहरू भएको युक्रेनको ऊर्जा अपरेटर युक्रेनेर्गोले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ।

‘यो महत्वपूर्ण पूर्वाधारहरुमा गरिएको नीच हमला हो’, जेलेन्स्कीले शनिवार भने, ‘विश्वले यो आतंक रोक्न सक्छ र रोक्नै पर्छ।’

देशका अन्य भागहरूमा समेत बिजुली अवरुद्ध भएको रिपोर्ट गरिएको थियो भने स्थानीय अधिकारीहरूले ऊर्जा उपयोग कम गर्न बारम्बार आग्रह गरिरहेका थिए। युक्रेनर्गोका अनुसार युक्रेनका केही भागहरुमा बिजुलीको प्रयोग २० प्रतिशतसम्म कटौती भइसकेका छन्।

राजधानी किभका केही भागमा साँझसम्म विद्युत अवरुद्ध भएको थियो। एक मध्य जिल्लामा पसलहरू बन्द थिए भने ट्रफिक बत्तीहरू अफ गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell