PahiloPost

Jul 3, 2024 | २० असार २०८१

बेलायतलाई ईयूमा सामेल गराउन आह्वान गर्दै लण्डनको सडकमा उत्रिए हजारौं प्रदर्शनकारी



पहिलोपोस्ट

बेलायतलाई ईयूमा सामेल गराउन आह्वान गर्दै लण्डनको सडकमा उत्रिए हजारौं प्रदर्शनकारी
Photo: Amer Ghazzal/Rex/Shutterstock

बेलायतलाई युरोपेली संघ (ईयू)मा पुनः सामेल गराउन माग गर्दै हजारौं प्रदर्शनकारीले मध्य लण्डनमा जुलुस निकालेका छन्

शनिवारको राष्ट्रिय पुनर्स्थापना मार्चमा पार्क लेनदेखि संसद स्क्वायरसम्म मानिसको ठूलो भीड देखिएको थियो। बेलायत भरका मानिसहरुहरू मार्चमा सहभागी हुन घण्टौँको यात्रापछि लण्डन आइपुगेका थिए।

मार्चको अन्तिम विन्दु पार्लियामेन्ट स्क्वायर गार्डनमा समर्थकहरूले ईयूको झण्डा फहराएका थिए। गार्डेनमा प्लेकार्ड बोकेका निलो र पहेंलो कपडा लगाएका मानिसहरुको समुद्र देखिएको थियो।

केही प्लेकार्डहरुमा लेखिएको थियो : ‘ब्रेक्जिट कहिल्यै फलदायी थिएन’, ‘बिल कम गर्न ईयूमा पुन: जोडिनुपर्छ’।

गार्डेनमा रहेको ठूलो डिजिटल स्क्रिनमा बोरिस जोन्सन, प्रिती पटेल र नाइजेल फराजजस्ता ‘ब्रेक्जिट’ समर्थित व्यक्तिहरूको फोटो देखाइँदा भीडले विरोध गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell