PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

थप शक्तिशाली सि : चिनफिङ विचारधारालाई पार्टीका सबै तह र तप्कामा स्थापित गर्न आह्वान



विधुर ढकाल

थप शक्तिशाली सि : चिनफिङ विचारधारालाई पार्टीका सबै तह र तप्कामा स्थापित गर्न आह्वान

सांघाई : चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को २०औँ नेशनल कंग्रेस शनिवार सम्पन्न भएको छ। शनिवार २०५ सदस्यीय २०औँ केन्द्रीय कमिटी निर्वाचित गर्दै सम्पन्न महाधिवेशनबाट केही नयाँ अनुहारहरुको उदय भएको छ। केही पुराना नेताहरुले अवकाश लिएका छन्। 

अवकाश लिनेमा प्रधानमन्त्री लि ख्छ्याङदेखि पूर्व उपप्रधानमन्त्री तथा हालका पिपल्स पोलिटिकल कन्सल्टेटिभ कन्फ्रेन्सका अध्यक्ष वाङ याङ छन्। उमेरहदका कारण यी नेताले अवकाश लिँदै गर्दा अवकासको उमेर पुगेका जनलरल झाङ योयुस्या र वाङ यी भने केन्द्रीय कमिटीमा समेटिएका छन्।

सीपीसीको निर्णायक अंग पोलिटब्युरो स्टान्डिङ कमिटीका चार सदस्यहरु केन्द्रीय कमिटीमा अटेका छैनन्। दोस्रो वरीयताका ६७ वर्षीय लि ख्छ्याङ, तेस्रो वरीयताका पिपल्स जनकंग्रेसको स्टान्डिङ कमिटीका अध्यक्ष ७२ वर्षका लि चान्शु, चौथो वरीयताका ६७ वर्षीय वाङ याङ र पाँचौँ वरीयताका उपप्रधानमन्त्री ६८ वर्षीय हान चङ केन्द्रीय कमिटीमा अटाएका छैनन्।

यसको अर्थ अब उनीहरु राजनीतिबाट पूर्ण रुपमा अवकास लिनेछन्। २०५ सदस्यीय केन्द्रीय कमिटीमा ठूलो परिवर्तन हुँदा अवकाशको उमेर अझै १ वर्ष बाँकी रहेका प्रधानमन्त्री लि र अध्यक्ष वाङ केन्द्रीय कमिटीमा अटाउन सक्थे।

तर, तङ स्यायोफिङ पछि सबैभन्दा शक्तिशाली नेताको रुपमा तेस्रो कार्यकाल सुरु गर्दै गर्दा महासचिव सि चिनफिङले आगामी पाँच वर्षका लागि नयाँ अनुहारसहितका युवाहरुको टिम तयार गर्न लागेका छन्।

स्थायी कमिटीका चार नेतालाई अवकास दिलाएपछि अब उनीहरुको स्थानमा युवा नेताहरुलाई प्रवेश गराउने छन्।

महासचिव सिले सम्मेलन समापनका क्रममा चीनको कायाकल्पको चुनौतीपूर्ण लक्ष्य हासिल गर्ने दिशामा अगाडि बढ्ने बताए।

सन् २०४९ सम्म सबै आयामहरुमा चीनलाई शक्तिशाली राष्ट्र बनाउने दोस्रो स्रहसताब्दी लक्ष्य सिले राखेका छन्। सन् जन गणतन्त्र चीन स्थापनाको सय वर्षमा लक्ष्य हासिल गर्ने उद्देश्यका साथ उनी अगाडि बढेका छन्। यसअघि पहिले स्रहसताब्दी लक्ष्य अनुरुप सन् २०२१ मा पूर्ण गरिवी निवारणको घोषणा चीनले गरेको छ। सन् २०२१ सीपीसी स्थापनाको १००औँ वर्षगाठ हो।

दोस्रो स्रहसताब्दी लक्ष्य हासिल गर्नका लागि चीनले २०३५ भित्र देशलाई ठूलो विकासशील अर्थतन्त्रबाट उच्च आय भएको देशमा स्तरोन्नती गर्ने लक्ष्य राखेको छ।

महासिचव सिले यी लक्ष्य हासिल गर्नका लागि आफ्नो 'कोर टिम' निर्माण गर्ने गरी नयाँ पाका नेताहरुलाई अवकास दिएका छन्। पाका नेताहरुलाई अवकास दिँदै गर्दा स्टेट काउन्सिलर तथा विदेश मन्त्री वाङ यी भने उमेर हद पार गरेपनि केन्द्रीय कमिटीमा आफूलाई सुरक्षित गरेका छन्। उनको पोलिटब्युरोमा पदोन्नती हुने अपेक्षा गरिएको छ। उनले सिका प्रमुख परराष्ट्र सहयोगी याङ जेइचीको स्थान लिन सक्नेछन्।

त्यस्तै, जनरल झाङ योयुस्या पनि केन्द्रीय कमिटीमा परेका छन्। उनी अब विश्वकै ठूलो सैन्य शक्तिको उच्च सैन्य कमाण्डर हुने छन्। यी दुवैले अवकासको उमेर पार गरेका छन्। वाङ ६९ वर्षका भइसकेका छन्। मन्त्रीको उमेरहद ६५ वर्ष हो। त्यस्तो झाङ पनि ७२ वर्ष पुगिसकेका छन्।

त्यस्तै, सिनचियाङ र तिब्बत पूर्व पार्टी प्रमुख चन छुवानक्वे पनि नयाँ केन्द्रीय समितिमा परेका छैनन्। उनी चार वर्ष अगाडि मात्र पोलिटब्युरोमा बढुवा भएका थिए।

प्रधानमन्त्री लिसँगै उपप्रधानमन्त्री तथा सीका प्रमुख आर्थिक सल्लाहकार तथा अमेरिका र युरोपियन युनियनसँगको व्यापार वार्ताकार लिउ ह पनि केन्द्रीय कमिटीमा परेका छैनन्।

२०५ सस्यीय केन्द्रीय समितिका १३५ जना परिवर्तन भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ। शनिवार घोषणा भएको केन्द्रीय कमिटीको पहिलो प्लेनरी सेसन आइतवार बेइजिङमा बस्दै छ। यही सत्रले महासचिव, पोलिटव्युरो स्ट्यान्डिङ कमिटी र पोलिटब्युरो निर्वाचित गर्ने छ।

पार्टी महासचिवमा सि निर्विकल्प रहे पनि सिले पोलिटब्युरो र पोलिटब्युरो स्ट्यान्डिङ कमिटीमा रहेका रिक्त स्थानमा कसलाई ल्याउँछन् भन्ने चासोको विषय छ।

प्लेनरी सेसनबाट महासचिवमा निर्वाचित भएसँगै सि आगामी मार्चमा तेस्रो कार्यकालका लागि चीनको राष्ट्रपति बन्ने छन्।

थप शक्तिशाली सि

२०औँ महाधिवशेन सुरु हुन एक महिना बाँकी छँदा पश्चिमा मिडियामा चिनियाँ राष्ट्रपति सिलाई अपदस्त गरिएका, उनको पदलाई खुम्च्याइएका हल्लाहरु सार्वजनिक भएका थिए। तर, त्यसको विपरित सीपीसीको २०औँ कंग्रेसले सिलाई थप शक्तिशाली बनाएको छ।

२० महाधिवेशनले चिनियाँ विशेषतासहितको सि चिनफिङ विचारधारालाई समय अनुसार चिनियाँ विशेषतामा मार्क्सवादको अंगिकार भन्दै पार्टीको विधानमा समावेश गरेको छ। त्यस्तै, १९औँ कंग्रेसमा विधानमा समावेश सि विचारधारको नयाँ विकासक्रमलाई पार्टीको विधानमा समावेश गर्ने निर्णयसमेत कंग्रेसले गरेको छ

त्यस्तै, सीपीसीको विधानमा २०३५ सम्मको लक्ष्य प्राप्तका लागि दुई वटा रणनीतिहरुलाईसमेत पार्टी विधानमा समावेश गरिएको छ।

कंग्रेसले पार्टीका सबै सदस्यहरुलाई सिको केन्द्रीय कमिटीमा 'कोर पोजिसन' स्थापित गर्न निर्णायक भूमिका खेल्नसमेत आह्वान गरेको छ। साथै नयाँ युगका लागि समाजवादका लागि सि चिनफिङ विचारधारालाई पार्टीका सबै तह र तप्कामा स्थापित गर्नसमेत आह्वान गरिएको छ। 

त्यस्तै, कंग्रेसले पार्टीका सबै तह र तप्कालाई पार्टीको केन्द्रीय कमिटीको मुख्य नेताको रुपमा सिलाई स्थापित गर्दै चिनियाँ विशेषतासहितको समाजवादको ब्यानरलाई उच्चो बनाउन आह्वानसमेत गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell