PahiloPost

Apr 27, 2025 | १४ बैशाख २०८२

सीपीसीको केन्द्रमा नयाँ अनुहार, यस्तो छ सिको ‘कोर टिम’



पहिलोपोस्ट

सीपीसीको केन्द्रमा नयाँ अनुहार, यस्तो छ सिको ‘कोर टिम’

सि चिनफिङ चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ केन्द्रीय कमिटीको महासचिवमा निर्वाचित भएका छन्। आइतवार सम्पन्न केन्द्रीय कमिटीको पहिलो प्लेनरी सेसनले सिलाई महासचिवमा निर्वाचित गरेको हो।

२०३ केन्द्रीय सस्य र १६८ वैकल्पिक सदस्यको उपस्थितिमा भएको बैठकले सिलाई महासचिवमा निर्वाचित गरेको हो। त्यस्तै, बैठकले सिलाई सीपीसीको केन्द्रीय सैन्य आयोगको अध्यक्षमा समेत निर्वाचित गरेको छ।

त्यस्तै, बैठकले केन्द्रीय कमिटीको पोलिटब्युरोको स्टान्डिङ कमिटीसमेत गठन गरेको छ। स्टान्डिङ कमिटीमा महासचिव सिसहित लि छियाङ, चाओ लची, वाङ हुनिङ, चाइ छि, डिङ स्युयसियाङ र लि सी रहेको सिन्ह्वाले जनाएको छ।

नयाँ नेतृत्व निर्वाचितसँगै बेइजिङमा पत्रकार सम्मेलन गरी नेतृत्व सार्वजनिक भएको छ। पत्रकार सम्मेलनमा सिसहित नयाँ स्टान्डिङ कमिटीका सदस्यहरु उपस्थित थिए।

स्ट्यान्डिङ कमिटीमा नयाँ अनुहारहरुलाई प्राथमिकता दिएका सिले चार जनालाई बढुवा गरेका छन्। जसमध्ये लि छियाङ, लि सी, डिङ स्वाइसियाङ र चाइ छी बढुवा हुँदै स्ट्यान्डिङ कमिटीमा स्थान बनाएका छन्। त्यस्तै, ६७ वर्षीय वाङ हुनिङ, ६५ वर्षका भ्रष्टाचार विरोध आयोगका प्रमुख चाओ लची पनि स्थायी कमिटीमा समावेश भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell