PahiloPost

Apr 27, 2025 | १४ बैशाख २०८२

एक सातापछि पुनः संचालनमा आयो प्याराग्लाइडिङ, तर उडान गर्न थप नियम



पहिलोपोस्ट

एक सातापछि पुनः संचालनमा आयो प्याराग्लाइडिङ, तर उडान गर्न थप नियम

काठमाडौंः दुर्घटनाका कारण एक साता अगाडि रोक लगाइएको प्याराग्लाइडिङ खेल पुनः संचालनमा आएको छ।

नागरिक उड्डयन प्राधिकरणले सुरक्षा व्यवस्था अन्तर्गतको शर्त सहित प्याराग्लाइडिङ खेल पुनः संचालन गर्न स्वीकृति दिएको प्रवक्ता जगन्नाथ निरौलाले बताए।प्राधिकरणले १५ दिनको परीक्षण काल घोषणा गर्दै यो अवधिमा मेडिकलमा फिट रहेका पाइलटलाई मात्र उडान गर्न दिइने उनले बताए। पाइलटले छुट्टै पोशाक लगाउनुपर्नेछ।

पोशाकमा कम्पनी र पाइलटको नाम स्पष्ट देखिनुपर्ने जनाइएको छ।

गत आइतबार पोखरामा आयोजित राष्ट्रिय खेलमा प्याराग्लाइडिङ गर्दा नेपाली सेनाका खेलाडी निसिम थापाको निधन भएपछि देशभरका प्याराग्लाइडिङमा रोक लगाउँदै अध्ययन समिति गठन गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell