PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

सिनामंगलस्थित केएमसी अस्पतालविरुद्ध बाटो बन्द गरेरै स्थानीयवासीले गरे आन्दोलन

सिनामंगलस्थित केएमसी अस्पतालविरुद्ध बाटो बन्द गरेरै स्थानीयवासीले गरे आन्दोलन

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी अस्पताल)विरुद्ध स्थानीयवासीले विरोध प्रदर्शन गरेका छन्। स्थानीयले आज केहीबेर बाटो नै बन्द गरेर अस्पतालविरुद्ध आन्दोलन गरेका थिए।

गत आइतवार चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै स्थानीयले विरोध गरेका हुन्। स्थानीयले गत सोमवारदेखि शान्तिपूर्ण आन्दोलन गरिरहेका छन्। उनीहरुले घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने माग गरेका छन्।

आन्दोलनमा स्थानीय सहित वडाध्यक्षको समेत सहभागी थियो। उनीहरुले अस्पतालको विरुद्ध नारा लगाउँदै पम्पलेटसमेत प्रदर्शन गरेका थिए। अस्पतालसँग सहमति नभएसम्म आन्दोलन जारी रहने बताइएको छ।

यता, अस्पतालले भने आफ्नो कुनै गल्ति नभएको दाबी गरेको छ। अस्पतालले पीडितलाई कानुनी उपचारको लागि अदालत जान चुनौती समेत दिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell