PahiloPost

Apr 27, 2025 | १४ बैशाख २०८२

तिहार र छठमा मोबाइल बैंकिङ फण्ड ट्रान्सफर गर्दा लाग्ने छैन शुल्क



पहिलोपोस्ट

तिहार र छठमा मोबाइल बैंकिङ फण्ड ट्रान्सफर गर्दा लाग्ने छैन शुल्क

काठमाडौं : तिहार तथा छठको अवसरमा मोबाइलमा आधारित फण्ड ट्रान्स्फरमा कुनै पनि मोबाइल बैंकिङबाट कनेक्ट आइपीएसमार्फत फण्ड ट्रान्स्फर गर्दा कुनै पनि शुल्क नलाग्ने भएको छ।

मोबाइल बैंकिङलाई थप प्रवर्द्धन गर्नका लागि यो अफर ल्याइएको हो। यो अफर कात्तिक ७ गतेदेखि १३ गतेसम्म लागू हुनेछ।

चाड पर्वको बेलामा नगदको सट्टा मोबाइलमा आधारित फण्ड ट्रान्स्फर गर्न प्रोत्साहनका लागि एनसीएचएल तथा बैंक वित्तीय संस्थाको समन्वयमा यो अफर लागू गरिएको हो।

फण्ड ट्रान्सफर गर्नका निम्ति आफ्नो मोबाइल बैंकिङ एपमा लग-इन गरी फण्ड ट्रान्सफर वा सेन्ड मनिमा क्लिक गरी फण्ड ट्रान्सफर गर्न कनेक्ट आइपीएस छनौट गर्नुपर्ने हुन्छ।

कनेक्ट आइपीएसको फण्ड ट्रान्सफरको विकल्प ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङमा उपलब्ध रहेको छ। यो माध्यमबाट फण्ड ट्रान्सफर गर्न कनेक्ट आइपीएसमा छुट्टै रजिष्टर गर्न आवश्यक छैन।

हाल मोबाइल बैकिङमा रहेको कनेक्ट आइपीएसमार्फत प्रति दिन प्रति कारोबार २ लाख रुपैयाँसम्मको फण्ड ट्रान्सफर गर्न सकिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell