PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

दार्चुलाको ट्र्याक्टर दुर्घटनाका मृतकको भयो पहिचान



रासस

दार्चुलाको ट्र्याक्टर दुर्घटनाका मृतकको भयो पहिचान

खलङ्गा : दार्चुलाको शैल्यशिखर नगरपालिका-६ उल्लानीमा ट्र्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्।

सदरमुकाम खलङ्गाबाट गोकुलेश्वरतर्फ गइरहेको सुप प्र ०२००१ त १४६७ नम्बरको ट्र्याक्टर शनिवार साँझ दुर्घटना भएको हो। ट्र्याक्टर सडकबाट करिब एक सय ५० मिटर तल खसेको थियो। ट्र्याक्टरमा चार जना सवार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।

दुर्घटनामा परि मृत्यु हुनेमा कञ्चनपुरको लालझाडी गाउँपालिका-५ का अन्दाजी ४५ वार्षीय ट्र्याक्टर चालक पन्चु राना र सोही ट्र्याक्टरमा सवार शैल्यशिखर-५ का सन्तोषसिंह डागा रहेका छन्। त्यस्तै, घाइते हुनेमा शैल्यशिखर-५ का २७ वर्षीय श्यामसिंह डागा र सोही ठाउँका २८ वर्षीय सुरेश डागा रहेका छन्।

घाइते दुवै जनाको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ भने मृतकको शव आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell