PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

पाकिस्तानले भारतलाई दियो १ सय ६० रनको लक्ष्य



पहिलोपोस्ट

पाकिस्तानले भारतलाई दियो १ सय ६० रनको लक्ष्य
Photo: PCB/Twitter

टी २० विश्वकपअन्तर्गत आज जारी समूह 'बी' को खेलमा पाकिस्तानले भारतलाई १ सय ६० रनको लक्ष्य प्रस्तुत गरेको छ। अस्ट्रेलियाको मेलबर्नमा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५९ रन बनाएको हो।

खराब सुरुवात गरेको पाकिस्तानका कप्तान ओपनर बाबर आजम गोल्डन डक आउट भएका थिए। त्यस्तै अर्का ओपनर मोहम्मद रिजवान ४ रनमा पभेलियन फर्कँदा शान मसूद र इफ्तिकार अहमदले अर्धशतकीय पारि खेल्दै टिमको स्कोर उकासेका थिए। मसूदले सर्वाधिक अविजित ५२ रन रन बनाउदा अहमदले ५१ रन बनाए। त्यस्तै शान साह अफ्रिदीले १६ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन्।

बलिङतर्फ भारतका अस्रदीप सिंह र हार्दिक पाण्ड्याले समान ३ विकेट लिँदा भुवनेश्वर कुमार र मोहम्मद शमीले मान १ विकेट लिए।

भारत केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell