PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

सन्दीप लामिछानेविरुद्धको अनुसन्धान सकेर प्रहरीले फाइल सरकारी वकिल कार्यालयमा बुझायो, अदालतमा मुद्दा दर्ता भने तिहार पछाडि



पहिलोपोस्ट

सन्दीप लामिछानेविरुद्धको अनुसन्धान सकेर प्रहरीले फाइल सरकारी वकिल कार्यालयमा बुझायो, अदालतमा मुद्दा दर्ता भने तिहार पछाडि

काठमाडौं : नावालिग किशोरी बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने विरुद्दको अनुसन्धान सकिएको छ। प्रहरीले  राय सहितको प्रतिवेदन काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ। सन्दीप विरुद्द प्रहरीले तीन पटकसम्म सात दिन, पाँच दिन र चार दिनको म्याद थप गरेर अनुसन्धान गरेको थियो। त्यस्तै आज मात्र अदालतबाट दुई दिन म्याद थपिएको थियो।

उनी यतिखेर महानगरीय प्रहरी वृत्त गौशालामा छन्। प्रहरीले कानुनत कुनै पनि अभियुक्तलाई अनुसन्धानको क्रममा केस हेरेर हिरासतमा राख्‍नसक्छ। बलात्कारको केसमा प्रहरीले पक्राउ गरेको दिनदेखि २४ दिनभित्र सरकारी वकिल कार्यालय हुँदै केस अदालतमा पुर्‍याउनु पर्ने हुन्छ। असोज २० गतेदेखि २४ दिन अर्थात् कार्तिक १२ गतेसम्म प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेश गर्नुपर्ने हुन्छ। तर प्रहरीले यस अगाडी नै अनुसन्धान फाइल सरकारी वकिल कार्यालयमा बुझाएको हो।

अब वकिल कार्यालयले भने तिहार पछाडि अर्थात कार्तिक १३ गते मात्र अदालतमा फाइल टेकाउने भएको छ। भोलिदेखि कार्तिक १२ गतेसम्म सरकारी कार्यालयहरु बिदा छन्।

असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको हो। कतार एयरवेजको विमानबाट कतार हुँदै उनी त्रिभुवन विमानस्थल अवतरण गरेका थिए। विमानस्थलबाट उत्रिने बित्तिकै अध्यागमन कार्यालयले सन्दीपलाई विमानस्थल प्रहरीलाई जिम्मा लगाएको थियो।

१७ वर्षीया किशोरीलाई करणी गरेको उजुरी प्रहरीमा दर्ता भएसँगै सानो उमेरमै करिअरको उच्चतम विन्दु चुमिरहेका सन्दीप एकाएक सङ्कटमा पुगेका हुन्। उजुरी लगत्तै प्रहरीले लामिछाने विरुद्ध प्रमाण सङ्कलन गर्न शुरु गरेको थियो। भदौ ५ गते कप्तान लामिछानेले किशोरीलाई बोलाएर होटलमा लगेर करणी गरेको उजुरीमा उल्लेख छ। प्रहरीमा परेको उजुरी अनुसार साँझ लामिछानेले ती किशोरीलाई कफी खान भन्दै बोलाएका थिए।

त्यसपछि नगरकोट घुम्न जाने भन्दै लगेका थिए। नगरकोटमा किशोरीले बस्न नमानेपछि उनीहरू फर्किएर गौशालाको एक होटेलमा पुगेका थिए। रातिको ११ बजेर ५५ मिनेटमा होटलमा लगेर लामिछानेले किशोरीलाई पटक-पटक करणी गरेको उजुरीमा उल्लेख गरिएको छ। प्रहरीले होटलमा गएर पनि लामिछानेको उपस्थितको बारेमा प्रमाण सङ्कलन गरिसकेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell