PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

अन्तिम बलमा पाकिस्तानमाथि भारतको रोमाञ्चक जीत



पहिलोपोस्ट

अन्तिम बलमा पाकिस्तानमाथि भारतको रोमाञ्चक जीत
photo:cricinfo.com

आइसीसी टी–२० विश्वकप अन्तर्गत समूह २ को खेलमा भारतले पाकिस्तानमाथि रोमाञ्चक जीत दर्ता गरेको छ। खराब सुरुवात गरेको भारतले अन्तिम बलमा रोमाञ्चक जीत हात पारेको हो। विराट कोहलीको नटआउट ८२ रनको योगदानमा भारतले जीत निकालेको हो।

अन्तिम ओभरमा १६ रन चाहिएको भारतले ओभरको सुरुवातमै हार्दिक पाण्डेयलाई गुमाएको थियो। तर, मोहम्मद नवाजले अन्तिम ओभरमा नो बल र दुई वाइड बल फ्याँकेपछि भारतले जीत निकाल्यो।

भारतका लागि कोहलीले सर्वाधिक ८२ रन बनाउँदा पाण्डेयले ४० रन जोडे। सूर्यकुमार यादवले १५ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्।

मेलवर्न क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको पाकिस्तानले भने ८ विकेट गुमाएर १५९ रन बनाएको थियो। पाकिस्तानका लागि सान मसुद र इफ्तिखर अहमेदले अर्धशतक बनाएर मसुदले नटआउट ५२ र अहमेदले ५१ रन बनाएका थिए।

बलिङतर्फ भारतका पाण्डेय र अर्शदीप सिंहले तीन–तीन विकेट लिए। पाकिस्तानका मोहम्मद नवाजका नाममा दुई विकेट रह्यो।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell