PahiloPost

Jul 26, 2025 | ११ साउन २०८२

विज एयरले गौतम बुद्ध विमानस्थलबाट अबुधाबी उडान गर्ने



पहिलोपोस्ट

विज एयरले गौतम बुद्ध विमानस्थलबाट अबुधाबी उडान गर्ने

काठमाडौंः विज एयरले आगामी दुई सातापछि नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्धबाट भैरहवा–कुवेत उडान सुरु गर्ने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त एयरलाइन्सले भैरहवा–कुवेत उडानका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरिसकेको जनाएको छ।

विमानस्थलबाट अबदेखि दुईवटा अन्तर्राष्ट्रिय कम्पनीले उडान गर्ने भएका छन्। यसअघि जजिरा एयरवेजले भैरहवा–कुवेत उडान सुरु गरेको थियो। विमानस्थल सञ्चालनमा आएको पाँच महिनापछि यो विमानस्थलमा अक्टोबर ३० तारिखदेखि अबुधाबी बेस रहेको विज एयरले उडान सुरु गर्ने जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell