PahiloPost

Apr 27, 2025 | १४ बैशाख २०८२

माओवादी ब्याक नभए ओनसरीको नतिजा राम्रो नआउने काठमाडौं ३ कांग्रेसको चेतावनीः गुहारे देउवादेखि वर्षमानसम्म



पहिलोपोस्ट

माओवादी ब्याक नभए ओनसरीको नतिजा राम्रो नआउने काठमाडौं ३ कांग्रेसको चेतावनीः गुहारे देउवादेखि वर्षमानसम्म

काठमाडौंः काठमाडौं क्षेत्र नम्बर ३ मा माओवादीले उम्मेदवारी फिर्ता नलिए अरु क्षेत्रमा पनि असर पर्ने कांग्रेसले चेतावनी दिएको छ। यस क्षेत्रमा कांग्रेसबाट सन्तोष चालिसे उम्मेदवार छन्।

सत्ता गठबन्धनबाट चुनावी तालमेल भए पनि यस क्षेत्रमा माओवादी केन्द्रका बद्री बजगाईँ उम्मेदवार छन्। बजगाईँले उम्मेदवारी फिर्ता नलिए क्षेत्र २ बाट उम्मेदवार बनेकी पूर्वसभामुख ओनसरी घर्तीलाई समेत असर पर्ने चेतावनी कांग्रेसको छ।

'यस क्षेत्र सत्ता गठबन्धनबाट कांग्रेसलाई परेको हो। तर माओवादीले पनि उम्मेदवारी हालेको छ। फिर्ता नगरे क्षेत्र २ को नतिजा पनि राम्रो हुँदैन,' क्षेत्र ३ का निर्वाचन परिचालन समितिका संयोजक हरिबोल भण्डारीले भने।

भण्डारीले बजगाईँको उम्मेदवारीबारे वर्षमान पुनदेखि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसम्मले ध्यान दिनुपर्ने बताए। गठबन्धनका कारण कांग्रेस धेरै खुम्चिनुपरेकोबारे पार्टी सभापति शेरबहादुर देउवा र काठमाडौं ४ बाट उम्मेदवार रहेका कांग्रेस महामन्त्री गगन थापाले पनि ध्यान दिनुपर्ने भण्डारीको भनाई छ।

'क्षेत्र ३ का जनताको सम्बन्ध क्षेत्र २ का जनतासँग निकै नजिक छ। यसैले आउने दिनको विषयमा प्रचण्ड, वर्षमान, देउवा र गगनहरुले सम्बोधन गरुन,' उनले भने।

काठमाडौं ३ मा प्रदेशतर्फ (क) मा कांग्रेसका छिरिङ दोर्जे लामा र (ख) मा विमल ठकुरी उम्मेदवार छन्। माओवादीबाट (क) तर्फ कपिलमणि उप्रेती र (ख) मा महेश्वर फुयाल उम्मेदवार छन्।

गठबन्धनबाट प्रदेशको (ख) माओवादीको भागमा परेको भए पनि कांग्रेसले ठकुरीलाई अघि बढाएपछि माओवादीले प्रतिनिधि सभातर्फ बजगाईँलाई अघि बढाएको हो।

एमालेले काठमाडौं ३ मा प्रतिनिधि सभामा कृष्ण राईलाई उम्मेदवार बनाएको छ। राई अघिल्लो निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell