PahiloPost

Apr 27, 2025 | १४ बैशाख २०८२

गगन थापालाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण, मन्त्रीसहित अन्य पाँचसँग पनि जवाफ माग



पहिलोपोस्ट

गगन थापालाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण, मन्त्रीसहित अन्य पाँचसँग पनि जवाफ माग

काठमाडौं निर्वाचन आयोगले नेपाली कांग्रेस महामन्त्री एवं काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापालाई स्पष्टीकरण सोधेको छ। निर्वाचन आचारसंहिता विपरीत मतदातालाई प्रभावित पार्ने काम गरेको भन्दै आयोगले आइतबार स्पष्टीकरण सोधेको हो।

निःशुल्क डेंगी परीक्षण तथा परामर्श सेवा लिएर तपाईँहरूको मतदाताको टोलमा आउँदैछौं भन्ने ट्वीटलाई लिएर आयोगले स्पष्टीकरण सोधेको हो।

यस्तै आयोगले नेकपा (एमाले) को सुनसरी ३ को प्रतिनिधि सभा सदस्य उम्मेदवार भगवती चौधरीलाई पनि स्पष्टीकरण सोधेको छ। इटहरी उपमहानगरपालिका १४ मा कार्यकर्ता भेटघाटका क्रममा दिएको अभिव्यक्तिबारे प्रकाशित समाचारलाई लिएर आयोगले चौधरीलाई स्पष्टीकरण सोधेको हो।

आयोगले निर्वाचन आचारसंहिता विपरीत निर्वाचन प्रचार प्रसारका क्रममा सरकारी गाडी दुरुप्रयोग गरेको भन्दै खानेपानी मन्त्री एवं बारा १ का प्रतिनिधि सभाका उम्मेदवार उमाकान्त चौधरीलाई स्पष्टीकरण सोधेको छ।

आयोगले मकवानपुर २ का नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार विरोध खतिवडा र सोही क्षेत्रका प्रदेश सभातर्फका २ (ख) का नेपाली कांग्रेसका उम्मेदवार इन्द्रबहादुर बानियाँलाई स्पष्टीकरण सोधेको छ।

खतिवडा र बानियाँले आफ्नो निर्वाचन क्षेत्रभित्र पर्ने मनहरी क्याम्पसका विद्यार्थीहरूलाई भ्रमणका लागि अग्रिम सहयोग रकम भन्दै जनही १५ रुपैयाँ उपलब्ध गराएको विषयमा आयोगले २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell