PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

नेपालमा पहिलो पटक देखियो ओमिक्रोनको सवभेरियन्ट ‘एक्सबीबी’



पहिलोपोस्ट

नेपालमा पहिलो पटक देखियो ओमिक्रोनको सवभेरियन्ट ‘एक्सबीबी’
Photo: rappler.com

काठमाडौं : नेपालमा पहिलो पटक कोभिड-१९ ओमिक्रोनको सवभेरियन्ट ‘एक्सबीबी’ भेटिएको छ। देशका विभिन्न भागहरुबाट गत साउन २१ देखि असोज १४ सम्म संकलित नमूनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनौट गरी केही नमूनाहरुको जिनोमिक पहिचान गर्दा एक्सबीबी पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सो भेरियन्ट हाल विभिन्न देशहरुमा फैलिरहेको छ भने कोभिड-१९ को संक्रमण बढेको देखिएको छ। दिपावली तथा छठ जस्ता चाडपर्वको समयमा जमघट बढी हुने भएकोले कोभिड-१९ तीव्र गतिमा फैलिने सम्भावना उच्च रहेकोले संक्रमण रोक्न सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डहरु पालना गर्न र गराउन मन्त्रालयले अनुरोध गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell