PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

चितवनका विभिन्न क्षेत्रबाट ठूलो परिमाणमा पटकाजन्य पदार्थ बरामद



रासस

चितवनका विभिन्न क्षेत्रबाट ठूलो परिमाणमा पटकाजन्य पदार्थ बरामद
फाइल फोटो।

भरतपुर : जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले तीन महिनाको अवधिमा नियम उल्लङ्घन गर्ने दश हजार बढीलाई कारबाही गरेको छ। आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिना (साउन, भदौ र असोज)मा ट्राफिक प्रहरीले १० हजार एक सय ५३ लाई कारबाही गरेको हो। सबैभन्दा बढी गत भदौ महिनामा तीन हजार आठ सय १८ सवारी साधनलाई कारबाही गरिएको छ।

यस्तै, साउन महिनामा तीन हजार चार सय सय ७० र असोज महिनामा दुई हजार आठ सय सय ६५ लाई कारबाही गरिएको छ। यो अवधिमा ८७ लाख पाँच सय रुपैयाँ राजस्व सङ्कलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख धर्मबहादुर अधिकारीले जानकारी दिए।

उनले जिल्लामा ट्राफिक प्रहरीको जनशक्ति थप गरिएसँगै चेकजाँचलाई तीव्रता दिइएको बताए। बैशाखसम्म ५२ जना ट्राफिक प्रहरी रहेकोमा अहिले थप गरेर ८२ जना पुर्‍याइएको छ। अहिले मुख्य सहरी क्षेत्रका हरेक चोकमा दुई/दुई जना ट्राफिक प्रहरी परिचालन गरिएको उनले जानकारी दिए।

‘हामीले मापसेलगायतका चेकजाँचलाई नियमितता दिएका छौँ’, उनले भने, ‘रात्रिकालीन यात्रामा दुई चालक अनिवार्य गराएका छौँ।’

यस्तै, चाडपर्व लक्षित ट्राफिक प्रहरी परिचालन गरेर नागरिकलाई सहजता प्रदान गरिएको उनको भनाइ छ। तीन महिनाको अवधिमा महिनामा जिल्लामा भएका दुर्घटनामा २२ जनाको मृत्यु र दुई सय १७  घाइते भएका छन्। ट्राफिक प्रहरीका अनुसार पछिल्लो समय चितवनमा ठूला दुर्घटनामा कमी आएको छ।

यसैबिच, चितवनका विभिन्न क्षेत्रबाट ठूलो परिमाणमा पटकाजन्य पदार्थ बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार तिहारका समयमा अवैधरुपमा ल्याइएका र बिक्रीका लागि राखिएका पाँच हजार पाँच सय पटकाजन्य पदार्थ बरामद गरिएको हो। इलाका प्रहरी कार्यालय भण्डाराले पूर्वबाट आएको एक यात्रुबाहक बसबाट मात्रै चार हजार सात सय ३० पटका बरामद गरको छ।

यस्तै, जिल्ला प्रहरी कार्यालयले भरतपुर र आसपासका क्षेत्रबाट झण्डै सात सय पटका बरामद गरेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए। बरामद गरिएका लाखौँ मूल्य बराबरका पटका नष्ट गरिने उनले बताए। पटका बेच्ने र पड्काउने दुवैलाई सम्झाएर छाडिने गरेको उनले बताए।

खुला सिमानाका कारण नेपालमा अवैधरुपमा पटकाजन्य पदाथ भित्रिएको प्रहरीको भनाइ छ। चितवन प्रहरीले तिहारको अवसरमा जिल्लामा गस्ती बढाएको र आवश्यक सुरक्षाकर्मी तयारी अवस्थामा राखेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell