PahiloPost

Jan 24, 2026 | ११ माघ २०८२

कांग्रेसले स्थगित गर्‍यो सङ्कल्प पत्र सार्वजनिक कार्यक्रम



पहिलोपोस्ट

कांग्रेसले स्थगित गर्‍यो सङ्कल्प पत्र सार्वजनिक कार्यक्रम

काठमाडौं : नेपाली कांग्रेसको सङ्कल्प पत्र सार्वजनिक कार्यक्रम स्थगन गरिएको जानकारी दिएको छ। पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोमवार विज्ञप्ति जारी गर्दै कार्यक्रम स्थगनको जानकारी दिएका हुन्।

गत शनिवार गर्ने भनिएको कार्यक्रम आइतवार ५ बजेका लागि तय भएको थियो। अन्तिम समयमा सोमवार १०:३० का लागि सारिएको उक्त कार्यक्रम अर्को सूचना नहुञ्जेलसम्मका लागि स्थगन गरिएको पौडेलले बताए।

‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन - २०७९ नेपाली कांग्रेसको सङ्कल्प पत्र नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाबाट २०७९ कात्तिक ७ गते बिहान १०:३० बजे सार्वजनिक गरिने भनिएकोमा उक्त कार्यक्रम अर्को सूचना नहुञ्जेलसम्मका लागि स्थगन गरिएको व्यहोरा जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell