PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

५० लाख बराबरको खाने तेल चोरी प्रकरणमा चार जना पक्राउ



पहिलोपोस्ट

५० लाख बराबरको खाने तेल चोरी प्रकरणमा चार जना पक्राउ

वीरगंज : जिल्ला प्रहरी कार्यालय बाराले ५० लाख बराबरको खानेतेल चोरी गरी बिक्रीमा संलग्न रहेको अभियोगमा ४ जनालाई पक्राउ गरेको छ।

असोज २८ गते बाराको परवानीपुर गाउँपालिका-५ स्थित मनोकामना आयल फुड प्रोसेसिङ प्रालिबाट सिन्धुलीको रोबिन सप्लायर्स प्रालि कमलामाईमा लग्नुपर्नेमा तेल नुवाकोटको शिवपुरी गाउँपालिका-१ बस्ने सुकमान तामाङले नलगेर बेपत्ता बनाएका थिए।

प्रहरीले चालकमाथि उजुरी परेपछि खोजतलासको क्रममा कात्तिक ४ गते चालक तामाङलाई पक्राउ गरेको थियो भने कात्तिक ५ गते सिम्रौनगढ नगरपालिका वडा नम्बर ६ स्थित सिम्रौनगढ बजारमा उक्त ट्रक वेवारिसे अवस्थामा फेला पारेको थियो। रौतहटको गौर नगरपालिका वडा नम्बर १ स्थित रमेश कुमारले भण्डारण गरी राखेको अवस्थामा चोरीको तेलमध्ये ३१७ कार्टुन तेल र १५९ वटा खाली कार्टुन बरामद गरेको प्रहरीले जनाएको छ।

प्रहरीले यस कार्यमा संलग्न रहेको अभियोगमा रमेश कुमार, शेख कलाम र बैधनाथ साह तेलीलाई समेत पक्राउ गरेको छ। उनीहरुमाथि आवश्यक छानबिन भइरहेको जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell