PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

९ लाख बढी नगदसहित काठमाडौंका विभिन्न स्थानबाट ६२ जना जुवाडे पक्राउ



रासस

९ लाख बढी नगदसहित काठमाडौंका विभिन्न स्थानबाट ६२ जना जुवाडे पक्राउ

काठमाडौं : नेपाल प्रहरीले काठमाडौंका विभिन्न स्थानमा जुवातास तथा कौडा खेल्ने ६२ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले काठमाडौंका विभिन्न स्थानमा जुवातास खेलेको अभियोगमा नौ लाख १२ हजार ८० रुपैयाँ नगदसहित ६२ जनालाई पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेकामध्ये नौ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको छ।

प्रहरीले जुवा खेल्नेबाट छ लाख २७ हजार दुई सय ७० नगद र १३ बुक तास तथा कौडा खेल्नेसँग दुई लाख ८४ हजार सात सय रुपैयाँ नगद र १६ थान कौडा बरामद गरेको हो। प्रहरीले तिहारको समयमा ठूलो हारजित हुने गरी जुवातास खेलेको थाहा पाएमा प्रहरीलाई खबर गर्नसमेत आग्रह गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell