PahiloPost

Sep 1, 2026 | १६ भदौ २०८३

कुकुर तिहारमा प्रहरीका कुकुरले देखाए हाइ जम्पदेखि ट्रयाकिङ स्किल

कुकुर तिहारमा प्रहरीका कुकुरले देखाए हाइ जम्पदेखि ट्रयाकिङ स्किल

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : आज कुकुर तिहार। यसै अवसरमा राजधानीको महाराजगंजस्थित केन्द्रीय कुकुर तालिम केन्द्रमा पनि कुकुर पूजा गरिएको छ।  

यमपञ्चकको तेस्रो दिन आज इमान्दारीपूर्वक सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइन्छ। त्यसै अवसरमा तालिम केन्द्रमा पनि कुकुरको पूजा गरिएको थियो। यससँगै केन्द्रमा कुकुरहरुले विभिन्न कला प्रदर्शन गरेका थिए। यस्तै, 'क्राइम सिन'मा कुकुरका तालिमप्राप्त कुकुरहरुले कसरी काम गर्छन् भनेर पनि आज पेस गरिएको थियो।

कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरुपमा बाटो छोडिदिने धार्मिक विश्वास छ।
 
कुकुरको सुँघ्ने क्षमता असाध्यै राम्रो हुने भएकोले अपराधी पत्ता लगाउन पनि यिनको प्रयोग गरिन्छ। प्रहरीले आफ्नो अनुसन्धानको लागि कुकुरको प्रयोग गर्ने गरेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell