PahiloPost

Apr 27, 2025 | १४ बैशाख २०८२

निर्वाचन आयोगले देउवालाई सोध्यो : हेलिकप्टर चढेको सरकारी स्रोतमै हो? खर्चमा निगरानी गर्न अख्तियारलाई पत्र



पहिलोपोस्ट

निर्वाचन आयोगले देउवालाई सोध्यो : हेलिकप्टर चढेको सरकारी स्रोतमै हो? खर्चमा निगरानी गर्न अख्तियारलाई पत्र

काठमाडौं : निर्वाचन आयोगले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग हेलिकप्टर चढेर गठबन्धनका भेलामा गएको विषयमा प्रष्टिकरण माग गरेको छ। आयोगले देउवा सहित गठबन्धन दलका नेताहरु सेनाको हेलिकप्टरबाट गठबन्धनको भेलामा गएको विषयमा उजुरी परेकाले जवाफ मागेको हो।

'प्रधानमन्त्री लगायत मन्त्रीहरुले हेलिकप्टर प्रयोग गरि विभिन्न स्थानमा गई निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित गतिविधि गरेको भनी विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालबाट सार्वजनिक भएको र प्रस्तुत विषयमा आयोगमा विभिन्न माध्यमबाट उजुरी समेत परेको सन्दर्भमा प्रधानमन्त्री, विभिन्न राजनीतिक दलको उच्च नेतृत्वमा रहेका व्यक्ति तथा मन्त्रीहरु समेतले हेलिकप्टर सेवा प्रयोग गर्दा लागेको खर्चको व्ययभार सरकारी कोषमा पर्छ, पर्दैन स्पष्ट गरी लेखी पठाउन,' आयोगको निर्देशनमा भनिएको छ।

आयोगले राजनीतिक दलका शीर्ष नेताहरुले पनि हेलिकप्टर चढेको विषयमा सम्बन्धित दललाई पनि हेलिकप्टर चढ्दा लागेको खर्च बुझाउन निर्देशन दिएको छ।

'हेलिकप्टर प्रयोग गर्दा लागेको खर्च कुन राजनीतिक दलको खर्चको सीमा भित्र पर्ने हो सो खुलाई पठाउन त्यसरी हेलिकप्टर सेवा प्रयोग गर्ने पदाधिकारीसँग सम्बन्धित राजनीतिक दलहरुलाई लेखी पठाउने, ' आयोगले भनेको छ। 

यस्तै प्रधानमन्त्री तथा मन्त्रीहरुको निर्वाचन खर्चबारे निगरानी गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्वाचन आयोगले पत्र लेखेको छ।

'हेलिकप्टर लगायतका सरकारी साधनको उपयोग भएको विषयमा आवश्यक निगरानी तथा अनुसन्धान गरीदिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुरोध गरी पठाउने,' आयोगको विज्ञप्तिमा भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell